बाराक ओबामाले प्रेमिकालाई लेखेका पत्रहरु सार्वजनिक

अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले युवावस्थामा आफ्नी प्रेमिकालाई लेखेका पत्रहरु सार्वजनिक भएका छन्।ओबामाद्वारा लिखित पत्रहरुले जाति, वर्ग र आर्थिक असुरक्षासम्बन्धी भावनाहरु उजागर गरेका छन्।ओबामाले अलेक्जान्ड्रा म्याकनिअरलाई हस्तलिखित प्रेमपत्रहरु पठाएका थिए जसलाई उनले क्यालिफोर्नियामा अध्ययन गरिरहेका बेला भेटेका थिए।तीमध्ये केही पत्रहरुले भविष्यका राष्ट्रपतिले शुरुका दिनहरुमा गरेका संघर्षहरुको खुलासा गरेका छन्।सन् २०१४ मा इमरी विश्वविद्यालयको रोज पुस्तकालयले प्राप्त गरेका ओबामाका पत्रहरु अहिले आएर सार्वजनिक गरिएका हुन्।उक्त पुस्तकालयकी निर्देशक रोजम्यारी म्यागीले भनिन्, “बडो सुन्दर तरिकाले ती प्रेमपत्रहरु लेखिएका छन् र एक युवाबाट गरिएको अर्थ र पहिचानको खोजीबारे पत्रहरुले उजागर गरेका छन्।””ती पत्रहरुमा हाम्रा आफ्नै र अरु ठाउँका विद्यार्थीले सामना गर्ने ईच्छा र विषयहरु समेटिएका छन्।”आफ्नी श्रीमती मिशेललाई पहिलो पटक भेट्नुभन्दा पाँच वर्षअघि ओबामाले सन् १९८२ र १९८४ को बीचमा ती पत्रहरु प्रेमिकालाई लेखेका थिए।शुरुको एउटा पत्रमा उनले लेखेका छन्, “मलाई विश्वास छ कि तिमीलाई थाहा छ- मलाई तिम्रो न्यास्रो लाग्छ। तिम्रो लागि मेरो चिन्ता हावाजस्तै फराकिलो छ, तिमीप्रतिको मेरो विश्वास समुद्रजस्तै गहिरो छ, मेरो माया अथाह छ।”‘मायासहित बराक’ भन्दै उक्त प्रेमपत्र टुङ्ग्याइएको छ।तर उनीहरुबीचको लामो दूरीको सम्बन्ध टिकेन।सन् १९८३ मा ओबामाले आफ्नो प्रेमिकालाई लेखेको एउटा पत्रमा भनिएको छ, “म प्रायः तिमीबारे सोचिरहन्छु, यद्यपि तिमीप्रतिका आफ्ना भावनाहरुबारे म दोधारमा रहन्छु।””यस्तो लाग्छ हामी दुवैले त्यही कुराको चाहा गर्छौँ जुन कुरा पाउन सक्दैनौँ, यही कुराले हाम्रो मिलन गराएको छ र यही कुराले हामीलाई एकअर्कादेखि टाढा राखेको छ।”एउटा पत्रमा ओबामाले कामकाज थाल्न अथवा पारिवारिक व्यवसाय सम्हाल्न लागेका आफ्ना साथीहरुको तयारीबारे लेखेका छन्।हवाई राज्यमा जन्मिएका ओबामाका बुवा केन्याली थिए र ओबामाले शुरुका वर्षहरु इन्डोनेसियामा बिताएका थिए।उनले फरक अनुभूति भएको पत्रमा उल्लेख गरेका छन्।ओबामाले लेखेका छन्, “मभित्र धेरै ईर्ष्या रहेको मैले स्वीकार्नैपर्छ। मलाई सघाउ पुर्‍याउने कुनै वर्ग, कुनै संरचना अथवा कुनै परम्परा थिएन, मैले आफ्नो बाटो आफैँले बनाउनुपर्ने थियो।””एक्लोपनका मेरा भावनाहरुलाई साम्य पार्नका लागि सबै परम्परा र वर्गलाई आफ्नो बनाउनु र तिनीहरुको म हुनु एकमात्र विकल्प थियो।”तर त्यो गर्न सहज नभएको उनले लेखेका छन्।सन् १९८३ मा अध्ययन पूरा गरेर इन्डोनेसिया फर्किएपछि ओबामाले इन्डोनेसियासँग आफ्नो सम्बन्ध नरहेको महसुस गरे।उनले लेखेका छन्, “त्यहाँको भाषा मैले राम्रोसँग बोल्न सकिनँ।”अध्ययन पूरा गरेपछि ओबामालाई थाहा थियो किन उनले सामुदायिक परियोजनाहरुसँग सम्बन्धित काम गर्नेछन्।सन् १९८३ मा उनले लेखेको एउटा पत्रमा भनिएको छ, “केही हप्ता पहिले आफ्ना शैक्षिक तथा व्यक्तिगत विवरणहरु हुलाकमार्फत पठाउनलाई मसँग पैसा थिएन, त्यसपछि टाइपराइटर भाडामा लिनलाई चेक रद्द गराउनुपर्‍यो।”एउटा अन्तर्राष्ट्रिय कम्पनीमा जागिर पाएपछि ओबामाले पत्रमा लेखेका छन्, “त्यहाँ एकदमै काम गर्ने व्यक्तिको रुपमा म स्थापित भएँ, सबैले मेरो पिठ्युँ थपथपाउँदै मेरो प्रशंसा गरे।”- बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?