सिद्धार्थ बैंकको नवनिर्मित भवनको समुद्घाटन

लोकपथ
78
Shares

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो स्थापनाको २० औँ वार्षिकोत्सवको अवसर पारेर नक्साल, काठमाडौंस्थित नवनिर्मित केन्द्रीय कार्यालय भवनको आज सोमवार समुद्घाटन गरेको छ । आज आयोजित एक कार्यक्रमका बीच बैंकका संस्थापक अध्यक्ष चिरञ्जी लाल अग्रवाल र वर्तमान अध्यक्ष मनोज कुमार केडियाले संयुक्तरूपमा भवनको समुद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा सञ्चालक समितिका सदस्यहरु, बैंकका पूर्व सञ्चालकहरु, संस्थापक शेयरधनीहरु, बैंकको व्यवस्थापन एवम् कर्मचारी तथा ग्राहकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । यसै गरी बैंकले उक्त समुद्घाटन समारोहमाबैंकमा १५ वर्ष वा सोभन्दा बढी निरन्तर कार्यरत रहि योगदान प्रदान गर्नुभएका सेवारत कर्मचारीहरुलाई पनि सम्मान गरेको छ ।

बैंकले आफ्नो केन्द्रीय कार्यालय आफैँले निर्माण गरेको भवनमा स्थानान्तरण गरि बैंकका ग्राहकहरुलाई अझै स्तरीय सेवा प्रदान गर्ने हेतुले केन्द्रीय कार्यालयको निर्माण गरेको हो । केन्द्रीय कार्यालयको अतिरिक्त बैंकले पोखरा, विराटनगर र वीरगञ्ज स्थीत आफ्नै कार्यालय भवनबाट समेत बैंकिङ्ग सेवा शुचारु ग्रिसहकेको छ । अत्याधुनिक प्रविधिमैत्री बैंकिङ्गमार्फत आम ग्राहकहरुसमक्ष उच्चस्तरिय सेवा प्रदान गर्ने उद्देश्य प्राप्तीमा नवनिर्मित भवनले सहजता प्रदान गर्ने बैंकले विश्वास लिएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले देशभर १ सय ९३ वटा शाखा ९४ एक्स्टेन्सन् काउन्टर सहित०, २ सय १५ ए.टि.एम्, १ सय १८ शाखारहित बैंकिङ्ग सेवा र १ हजार ८ सय भन्दाबढी पिओएस् मेसिनमार्फत उच्चस्तरीय एवम् प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिंदै सुरक्षित तरिकाले अनलाईनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न बैंकिङ्ग सुविधाहरु सरल एवम् ग्राहक मैत्री ढङ्गले प्रवाह गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?