नयाँ बानेश्वरमा शुरु भयो सरकारमा सामेल दलहरुको बैठक

लोकपथ
7
Shares

काठमाडौं । सरकारमा सामेल दलहरुको बैठक बसेको छ ।

केहिबेरअघि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक शुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, रास्वपाका अध्यक्ष रवि लामिछाने, पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई तथा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतको उपस्थिती रहेको छ ।

बैठकमा सरकारमा सामेल दलहरुले आ–आफ्ना एजेण्डा प्रस्तुत गर्ने बताइएको छ ।

आइतबार एमालेसहित विभिन्न ७ दलको समर्थनमा प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएका हुन् ।

सरकारलाई समर्थन गरेका दलहरुले आजै सरकारमा सामेल हुने मन्त्रीहरुको टुंगो लगाउने कसरतमा जुटेका छन् ।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आजै अपरान्ह ४ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?