काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई दिएको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै दूतावासले नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएको हो ।
नेपालको लोकतन्त्र विश्वको उदाहरणीय रहेको बताउँदै आगामी दिनमा दुई देशबीचको सम्बन्ध विस्तार साथै नेपाललाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।
प्रचण्ड विभिन्न ७ दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया