काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुनै पनि नयाँ सामान र भड्किलो सर सामान खरिद नगर्नका लागि निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवासमा सर्न लागेको अवस्थामा कुनै पनि भड्किलो सरसामान खरिद नगर्न निर्देशन दिएका हुन् ।
प्रचण्डले स्वकिय सचिवालयमार्फत प्रधानमन्त्री कार्यालयको निवास व्यवस्थापन शाखालाई निर्देश गरेको उनको सचिवालयले जनाएको छ ।
आइतबार प्रधानमन्त्रीमा नियुक्त भएसँगै आवश्यक व्यवस्थापनपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने तयारी रहेको छ ।
प्रचण्डले आज अपरान्ह ४ बजे शपथ ग्रहण गर्ने कार्यतालिका रहेको छ ।
नेपाली कांग्रेसका सभापति एवं निर्वतमान प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवासबाट निजी निवासमा सर्ने तयारी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया