टाटाको मेगा सर्भिस क्याम्पको उद्घाटन

लोकपथ
39
Shares

काठमाडौं । टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगले आजदेखि आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा मेगा सर्भिस क्याम्पको शुरुवात गरेको छ । यी केन्द्रहरुमध्ये ३ वटा काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा रहेका छन् । त्यसैगरी, बाँकी ९ वटा उपत्यका बाहिरका स्थानहरु पोखरा, इटहरी, मेची, बिरगञ्ज, ढल्केबार, हेटौडा, सर्रा, धनगढी, नेपालगञ्जमा रहेका छन् ।

यस क्याम्पको समुद्धघाट्न ललितपुरस्थित बागडोलमा आयोजित एक समारोहबीच टाटा अन्तर्गतको इन्टरनेसनल बिजनेसका (पेसेन्जर भेहिकल ) प्रमुख मायांक बल्दी, सिप्रदी ट्रेडिंगका सीईओ राजन बाबु श्रेष्ठ, टाटाका कन्ट्री मेनेजर (नेपाल एवम् भुटान ) अजीत नारायण सिंह, सिप्रदीका सीओओ राजेश प्रसाद गिरी र सिप्रदीका उपाध्यक्ष सौरभराज थपलियाले संयुक्त रुपमा गरेका थिए ।

समारोह उपस्थित सम्बद्ध विशिष्ट अधिकारीहरुलाई टाटा मोटरसका रिजनल कस्टमर केयर (दक्षिण एसिया) मेनेजर रंधिर कुमार चौधरी तथा सिप्रदीका कस्टमर केयरका (पेसेन्जर भेहिकल) प्रमुख कुमार भण्डारीले स्वागत गरेका थिए ।

यस तीन दिने क्याम्पमा टाटाका पेसेन्जर, श्रेणीका गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले आवश्यक जाँच गरिदैछ । यस्तो जाँच गराउदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवम् अन्य सुविधाहरु प्राप्त गर्नेछन् । म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमश : १८, १५ र १८ प्रतिशत छुट लगायत टप वाशिंग, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक–अप, ब्याट्री र इलेक्ट्रिकल चेक–अपको सुविधा पनि निः शुल्क प्रदान गरिदैछ ।

यसको अतिरिक्त यस क्याम्पमा संजीवनी इन्जिन प्याकेज अन्तर्गतको चार हजार रुपैयाँ नगद फिर्ताको पनि व्यवस्था छ । हाल नेपालमा टाटाका पेसेन्जर; श्रेणीका गाडीहरु बजार द्रुत गतिमा भइरहेको छ । यसै सन्दर्भमा यस्ता गाडीहरुको ग्राहकहरुलाई उत्कृष्ट भन्दा उत्कृष्ट तवरले सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगा सर्भिस क्याम्पको आयोजना भईरहेको कम्पनीले जानकारी दिएको छ । यो क्याम्पमा ग्राहकहरुको उत्साहजनक सहभागिता हुने विश्वास लिएको कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?