काठमाडौं । सरकारमा सामेल दलहरुले बैठक बोलाइएको छ ।
केहीबेरपछि बस्नेगरी संघीय संसद भवन नयाँ बानेश्वरमा सरकारमा सामेल दलहरुको बैठक बोलाइएको हो ।
सरकार गठनबारेमा थप छलफलका लागि बैठक बोलाइएको एमाले उपमहासचिव सुवासचन्द नेम्वाङले लोकपथलाई जानकारी दिए ।
‘थप छलफलका लागि सबै दलको सर्वदलीय बैठक बोलाइएको छ ।’ उनले भने
यता सरकारमा जाने विषयमा एमाले अध्यक्ष ओलीले सबै नेताहरुसँग छलफल गरेका छन् ।
ओलीले क–कसलाई सरकारमा सामेल गराउने भन्ने विषयमा नेताहरुसँग परामर्श गरेको उनले बताए । ‘पार्टी अध्यक्षले हिजै बेलुका पार्टीका सबै नेताहरुसँग छलफल गर्नुभएको छ ।’ उनले भने ।
आइतबार एमालेसहित ७ दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया