सभापति देउवाले दिए प्रचण्डलाई बधाई

लोकपथ
77
Shares

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई तथा शुभकामना दिएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक चलिरहेका बेला देउवाले प्रचण्डलाई फोन गरेर बधाई तथा शुभकामना दिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए । उनका अनुसार अन्य कांग्रेस नेताहरूले पनि फोनमार्फत प्रचण्डलाई बधाई दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई हिजो प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम नेपालको ४४ औं प्रधानमन्त्रीमा प्रचण्डलाई नियुक्त गरेकी हुन् । संविधानको धारा ७६(२) बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा राष्ट्रपतिले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रचण्डले आज राष्ट्रपति भवनमा शपथ लिदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?