यस्तो छ अाजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज बिहिबारका लागि १ अमेरिकी डलरको खरिददर ११२ रूपैयाँ ७० पैसा र बिक्रीदर ११३ रूपैयाँ ३० पैसा तोकेको छ ।

युरो १ को खरिददर १२७ रूपैयाँ १९ पैसा र बिक्रीदर १२७ रूपैयाँ ८६ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १४४ रूपैयाँ ११ पैसा र बिक्रीदर १४४ रूपैयाँ ८८ पैसा, अस्ट्रेलियन डलर १ को खरिददर ८१ रूपैयाँ ५२ पैसा र बिक्रीदर ८२ रूपैयाँ ९६ पैसा तोकिएको छ । 

यस्तै, जापानी यन १० को खरिददर ९ रूपैयाँ ९१ पैसा र बिक्रीदर ९ रूपैयाँ ९६ पैसा, चिनिया युआन १ को खरिददर १६ रूपैयाँ २१ पैसा र बिक्रीदर १६ रूपैयाँ २९ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३० रूपैयाँ ४ पैसा र बिक्रीदर ३० रूपैयाँ २० पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

कतारी रियाल १ को खरिददर ३० रूपैयाँ ९५ पैसा र बिक्रीदर ३१ रूपैयाँ १२ पैसा, युएर्इ दिहराम १ को खरिददर ३० रूपैयाँ ६८ पैसा र बिक्रीदर ३० रूपैयाँ ८५ पैसा, मलेसियन रिंगेट १ को खरिददर २६ रूपैयाँ ८३ पैसा र बिक्रीदर २६ रूपैयाँ ९८ पैसा कायम भएको छ । 

यसैगरि, दक्षिण कोरियाली वन १०० को खरिददर ९ रूपैयाँ ९८ पैसा र बिक्रीदर १० रूपैयाँ ४ पैसा, कुवेती दिनार १ को खरिददर ३७० रूपैयाँ ३६ पैसा तथा बिक्रीदर ३७२ रूपैयाँ ३३ पैसा र बहरार्इन दिनार १ को खरिददर २९८ रूपैयाँ ९४ पैसा तथा बिक्रीदर ३०० रूपैयाँ ५३ पैसा तोकिएको छ।

वर्तमान व्यवस्थाअनुसार बैंकहरूले तोकेको खुलाबजार विनिमयदर भने फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?