भारतद्वारा प्रचण्डको नेतृत्वको स्वागत

लोकपथ
39
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतले बधाई दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार राति प्रचडण्डलाई ट्वीटरमार्फत बधाई दिएका हुन् ।

सो क्रममा मोदीले प्रचण्डसँग मिलेर काम गर्न तत्पर रहेको उल्लेख गर्दै भारत र नेपालबीच रहिआएको जनता–जनता बीचको सम्बन्धलाई पनि स्मरण गरेका छन् ।

‘भारत र नेपालबीचको सम्बन्ध सांस्कृतिक र जनता–जनताबीचको न्यानो सम्बन्धमा आधारित छ। यो मित्रतालाई अझ मजबुत बनाउन म तपाईंसँग मिलेर काम गर्न तत्पर छु’, मोदीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?