प्रचण्डलाई बधाई दिन भारत भन्दा चीन अगाडि

लोकपथ
13
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएकामा चीनले बधाई दिएको छ । नेपालस्थित चिनियाँ दूतावासले ट्वीटरमार्फत प्रचण्डलाई बधाई दिएको हो ।

‘अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपालको ४४ औँ प्रधानमन्त्रीमा निर्वाचन हुनुभएकोमा हार्दिक बधाई ।’, दूतावासले भनेको छ।

आजै साँझ एमालेसहितका दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । प्रचण्डलाई यो समाचार तयार पार्दासम्म भारतले भने बधाई दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?