काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्ने बताएका छन् । उनले देउवाले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइने पनि चेतावनी दिए ।
‘हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ ? राजीनामा नदिए चाडै बिशेष महाधिवेशन बोलाईनेछ’, घिमिरेले ट्वीटरमार्फत भनेका छन् ।
देउवाको अपरिपक्क निर्णय र अडानका कारण गठबन्धन टुटेको भन्दै कांग्रेसभित्र हंगामा भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया