माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लिएको निर्णय गलत : नेकपा मसाल

लोकपथ
130
Shares

काठमाडौं । नेकपा मसालले एमालेसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेको सहकार्यको विरोध गरेको छ । पाँच दलीय गठबन्धनले लामो समयदेखि एमालेले नेतृत्व गरेको प्रतिगमनको विरुद्ध सङ्घर्ष गर्दै आएको भन्दै मसालले एक विज्ञप्तिमार्फत गत निर्वाचनमा प्रतिगमनविरुद्ध पाँचदलीय चुनावी तालमेलसमेत भएको स्मरण गरेको छ ।

तर, गठबन्धनको तर्फबाट प्रधानमन्त्री पद नपाएको हुनाले प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि एमालेसित साँठगाँठ गर्ने कार्य गर्नु सिद्धान्तहीन, अराजनीतिक र हद दर्जाको अवसरवादी कार्य भएको महासचिव मोहन विक्रम सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यो कार्य जनतासँगको ठुलो धोका पनि भएको मसालको ठहर छ ।

प्रधानमन्त्री बन्नका लागि प्रचण्डले सबै प्रतिगामी शक्ति तथा अमेरिका र भारतीय साम्राज्यवाद परस्त तत्त्वहरूसँग गठबन्धन गरेको पनि मसालले आरोप लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?