काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजा फर्काउँछु, राजा चाहिन्छ र राजा मार्छु भन्ने तीनवटै पक्ष सरकारमा पुगेको भन्दै कटाक्ष व्यक्त गरेका छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको भाबी प्रधानमन्त्रीको रुपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नियुक्त गरेसँगै उनले सामाजिक सञ्जालमार्फत कटाक्ष व्यक्त गरेका हुन् ।
अहिलेकाे सत्ता समीकरणमा ‘राजा चाहिन्छ, चाहिँदैन र मार्छु’ भन्ने तीनै पक्ष सरकारमा गएपनि जनताले भने सधैँ सास्ती व्यहोरिरहेको उनले भनाइ छ ।
बालेनको यो कटाक्ष एमाले, माओवादी र राप्रपा केन्द्रीत देखिन्छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउनका लागि यी दलसहित रास्वपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया