नवनियुक्त प्रधानमन्त्री प्रचण्डले सोमबार शपथ लिने

लोकपथ
143
Shares

काठमाडौं । मुलुकको भाबी प्रधानमन्त्रकिा रुपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि(सोमबार) शपथ लिने भएका छन् । आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डलाई सोमबार नै शपथ खुवाउने गरी राष्ट्रपति कार्यालयले तयारी थालेको छ ।

प्रचण्डले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नेकपा एमालेसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेका थिए ।

सोहीअनुसार राष्ट्रपति भण्डारीले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रचण्डलाई प्रधानमन्त्री बन्न बहुमत पुर्याउनका लागि माओवादी केन्द्रसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?