प्रचण्डलाई १६९ सांसदको समर्थन, शीतलनिवासमा प्रधानमन्त्री बनाउने निवेदन दर्ता

लोकपथ
119
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्री बनाउनका लागि निवेदन दर्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा पुगेर ७ दल र तीन स्वतन्त्र सांसदको समर्थन भएको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा निवेदन दर्ता भएको हो ।

‘उपरोक्त सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूबाट २०७९ पुष ३ गते नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नका लागि दावी पेश गर्न आह्वान भएकोमा सोही समय सीमाभित्रै प्रतिनिधिसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता श्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री पदमा हाम्रो समर्थन रहेको व्यहोरा अनुरोध गर्दछौ । हामी हस्ताक्षकर्ता दलहरुले प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य संख्या कुल प्रतिनिधि सभा सदस्य संख्याको बहुमत रहेको हुँदा उहाँलाई संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गरिदिनुहुन अनुरोध छ’, निवेदनमा भनिएको छ ।

निवेदनमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठको हस्ताक्षर रहेको छ ।

उनीहरु पार्टी संसदीय दलका नेता समेत हुन् । यसैगरीजसपाले पनि समर्थन गरेको छ ।

सबै सांसद गरी प्रचण्ड नेतृत्वको सरकारका लागि १६९ सांसदको समर्थन हुने भएको छ।

आज सत्तारुढ गठबन्धनको बैठकबाट रुष्टिएका प्रचण्ड सहमतिका लागि ओली निवास बालकोट पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?