काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीको दाबी पेश गरेका छन् ।
एमालेसहित ७ दलको समर्थन पाएका प्रचण्डले १६६ सांसदको समर्थन रहेको दाबी पेश गरेका हुन् । उनले संविधानको धारा ७६(२) बमोजिम दुई वा दुई दलको समर्थनमा प्रधानमन्त्रीको दाबी गरेका हुन् ।

आइतबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो । प्रचण्डको नेतृत्वको सरकारलाई ७ दलको समर्थन रहेको छ । ती सबै पार्टीबाट सांसदको संख्या १६६ हुन आउँछ ।
जसमा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६ र नागरिक उन्मुक्तिका ४ सांसद रहेका छन् ।
राष्ट्रपति भण्डारी संविधानको धारा ७६(२) बमोजिम आज साँझ ५ बजेसम्मका लागि प्रधानमन्त्रीको दाबी पेश गर्न समयसीमा दिएकी थिइन् । १६६ सांसदको बहुमतसहित प्रचण्डले प्रधानमन्त्रीको दाबी पेश गरेसँगै राष्ट्रपति कार्यालयले प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया