देउवाले सहमति तोड्दा नयाँ परिस्थिति बन्यो : प्रचण्ड

लोकपथ
364
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति तोड्दा नयाँ परिस्थिति बनेको बताएका छन् । एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगेपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले एक साता अघि भएको सहमति मान्न कांग्रेस सभापति देउवा तयार नभएपछि गठबन्धन भत्किएको बताएका हुन् ।

प्रचण्डले देउवासँग एक साताअघि आलोपालो प्रधानमन्त्री बन्ने प्रस्तावमा सहमति भएको बताएका थिए । राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न देउवा तयार नभएपछि माओवादीले एमालेसँग सहकार्य रोजेको उनको भनाइ थियो । आइतबार सत्ता गठबन्धन दलमा नयाँ सरकार गठनबारे छलफल निष्कर्षमा नपुगेपछि प्रचण्ड एमालेसँगको सहकार्यको प्रस्ताव लिएर ओली निवास बालकोट पुगेका थिए । त्यसलगत्तै माओवादी केन्द्र र एमालेबीच आलोपालो प्रधानमन्त्री र पहिलो चरणमा प्रचण्डले सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

‘गठबन्धन तोड्ने हाम्रो उद्देश्य थिएन । तर कांग्रेस इमान्दार भएको देखिएन’ उनले भने, ‘आजभन्दा ठीक एक साताअघि मेरो देउवाजीसँग पहिलो चरणको नेतृत्व मैले गर्ने, दोस्रो चरणको उहाँले गर्ने सहमति भएको थियो,’ प्रचण्डले भने, हिजो आएर उहाँले मलाई असाध्यै ठूलो दबाब भयो । पार्टीभित्र र साथीहरुलाई मनाउन सकिनँ । त्यसैले त्यो सहमति कार्यान्वयन गर्न सक्दिन भन्नुभयो ।’ प्रचण्डले अब, एमालेसँगको सहकार्य अघि बढ्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?