राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त

लोकपथ
84
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा प्रचण्डलाई नियुक्त गरेकी हुन् ।

संविधानको धारा ७६(२) बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा राष्ट्रपतिले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

यद्यपि प्रधानमन्त्रीको शपथ भने सोमबार हुने बताइएको छ ।

आइतबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो ।

प्रचण्डको नेतृत्वको सरकारलाई सात दलको समर्थन रहेको छ । ती सबै पार्टीबाट सांसदको संख्या १६९ हुन आउँछ ।

जसमा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६ र नागरिक उन्मुक्तिका ४ र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन रहेको छ ।

यो प्रचण्डको तेस्रो प्रधानमन्त्री यात्रा हो ।

प्रचण्ड यसअघि २०६४ सालमा पहिलो संविधान सभाको निर्वाचनपछि पहिलोपटक प्रधानमन्त्री बनेका थिए । त्यस्तै २०७३ सालमा दोस्रोपटक प्रधानमन्त्री बनेका थिए । दुवै समय ९–९ महिना प्रधानमन्त्री बनेका थिए । आगामी कार्यकालमा साँढे २ वर्ष प्रधानमन्त्री बनाउने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?