काठमाडौं । नेकपा एमालेका नेता एवं सांसद गोकुलप्रसाद बास्कोटाले फुट र प्रतिगमन दुवै पराजित भएको बताएका छन् ।
नेता बास्कोटाले पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्रीमा समर्थन गरेपछि सामाजिक सञ्जालमा लेख्दै सो कुरा बताएका हुन् ।
लामो तिक्ततापछि ओली प्रचण्ड मिलेको भन्दै अब विश्वास र एकताको ढोका सुस्तरी खोल्न बाँकी रहेको बताए । उनको यो भनाइले पुनः एमाले माओवादीको एकताको संकेत गरेका छन् ।
उनले भनेका छन्, ‘फुट र प्रतिगमन दुबै पराजित।बिश्वास र एकताको सुस्तरी ढोका खोल्न बांकी रह्यो।चोट पछि चेत आउने यसरी नै हो।’
आज एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले एमालेसहितको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया