गठबन्धन टुटेपछि कांग्रेसमा व्यापक असन्तुष्टि, पौडेलले भने ‘प्रचण्डलाई धोका भयो’

लोकपथ
1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धोका भएको प्रतिक्रिया दिएका छन् । आइतबारको सत्ता गठबन्धन बैठकमा नयाँ सरकार गठनमा सहमति नजुट्दा गठबन्धन भत्किएपछि सभापति शेरबहादुर देउवाले माओवादी अध्यक्ष प्रचण्डलाई धोका दिएको टिप्पणी गरेका हुन् ।

बालकोटमा जुटेको सहमतिबारे प्रतिक्रिया दिँदै पौडेलले भने, ‘प्रचण्डले धोका दिएको भन्ने पक्षमा म छैन, प्रचण्डलाई धोका भयो ।’ गठबन्धन नभत्काउन प्रचण्डलाई आग्रह गरेको बताउँदै उनले गठबन्धन बचाउनका लागि कांग्रेसले राष्ट्रपति लिएर आफूलाई पहिलो कार्यकाल प्रधानमन्त्री दिन भनेको बताए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पहिलो कार्यकाल प्रधानमन्त्री दिन देउवाले अस्वीकार गरेपछि प्रचण्डले आइतबार नै बालकोट पुगेर एमालेसहित सात दलको समर्थनमा सरकार गठन गर्ने सहमति गरेका छन् । बालकोटमा प्रचण्डलाई अढाई वर्ष सरकारको नेतृत्व दिने सहमति भएको बताइए पनि यसबारे औपचारिक रूपमा सार्वजनिक भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?