काठमाडौं । चलचित्र ‘प्रसाद’ रिलिज नहुँदै युरोपियन मुलुकमा उच्च माग भएको निर्माण टिमले दावी गरेको छ । विशेष गरी युरोपका देशमा फिल्मका बढी माग भएको निर्माण टिमले दाबी गरेको हो ।
युरोप वितरणको अधिकार लिएका सुरज कार्कीले युरोपका ११ देशमा 'प्रसाद' को शो पक्का भइसकेको बताए । उनले युरोपियन ११ देशका नेपालीले फिल्मको शो बुक गरिसकेको र अन्य देशमा पनि कुरा भइरहेको दावी गरे ।
चलचित्रको डेनमार्क, पोल्याण्ड, माल्टा, जर्मनी, फिनल्याण्ड, अष्ट्रीया, पोर्चुगल, बेल्जियम, नर्वेलगायतका देशमा प्रदर्शन पक्का भएको बताइएको छ । पहिलो युरोप शो डिसेम्बर १४ मा फिनल्याण्डमा हुने पनि कार्कीले जानकारी दिए । उनका अनुसार ‘छक्का पञ्जा ३’ पछि यो फिल्मलाई रुचाइएको छ । उनले बताए अनुसार 'छक्का पञ्जा ३' ले युरोपमा ३० शो पाएको थियो । जसलाई अहिलेसम्मकै धेरै शो भनेर भन्ने गरिएको छ ।

विदेशमा बस्ने नेपालीले निश्चल बस्नेतलाई रुचाउने गरेकाले पनि फिल्मको शो को माग भएको बताइएको छ । फिल्मलाई विदेशी दर्शकले समेत हेर्न मिल्ने गरी उपशीर्षक राख्ने योजना पनि बनाइएको छ ।
योजनाका अनुसार फिल्मलाई सकभर मल्टिप्लेक्स हलमा देखाइनेछ । त्योबाहेक साना शहरमा भने फिल्म रेस्टुरेन्टमै देखाइनेछ ।
यही मंसिर २१ गतेबाट प्रदर्शन हुने चलचित्रमा विपिन कार्की, निश्चल बस्नेत, नम्रता श्रेष्ठ, बसुन्धरा भुषाललगायतका कलाकारको अभिनय छ । सुभाष थापा प्रोडक्सनको व्यानरमा सुभाष थापाले निर्माण गरेको यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । चलचित्रमा विकास सुबेदी चलचित्रका एसोसियट निर्देशकको भूमिका छ भने राजेश श्रेष्ठको छायाँकन, लोकेश बज्राचार्यको सम्पादन, हिमाल केसीको द्वन्द्व र सुशिल पौडेलको लेखन रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया