नयाँ सरकार गठनमा सहयोग गर्ने राप्रपाको निर्णय

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नयाँ बन्ने सरकार गठनमा सहयोग गर्ने भएको छ । सरकार निर्माणमा अनिर्णयको बन्दी नबन्ने राप्रपाले जनाएको हो ।

आइतबार बसेको पार्टी पदाधिकारीको बैठकले नयाँ सरकार निर्माणका लागि अनिर्णयको बन्दी नबन्ने निर्णय गरेको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए ।

एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा नयाँ सरकार गठनबारे छलफलपछि राप्रपाले पदाधिकारी बैठक डाकेको थियो । सो बैठकले नयाँ सरकार बनाउन संख्या नपुग्ने अवस्थामा अनिर्णयको बन्दी नबन्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?