प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थनको चिठी बोकेर नेताहरु शीतलनिवास जाँदै

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ ।

त्यससँगै प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थनको पत्र बोलेर नेताहरु शीतल निवास जाने तयारीमा लागेका छन् ।

सत्ता गठबन्धन भत्किएसँगै एमालेको अग्रसरतामा बहुमत जुटाएर प्रचण्ड प्रधानमन्त्री बन्ने सहमति जुटेको हो ।

बालकोटमा एमाले, माओवादी केन्द्र, जसपा, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबीच छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?