बालकोट बैठक : प्रचण्ड साढे २ वर्षसम्म प्रधानमन्त्री बन्ने सहमति

लोकपथ
168
Shares

काठमाडौं । एमालेसहितको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनाउने सहमती भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी एमाले माओवादीसहित दलको बैठकले प्रचण्डलाई नै प्रधानमन्त्री बनाउने गरी निर्णय भएको माओवादीका महासचिव देव गुरुङले लोकपथलाई जानकारी दिए ।

बालकोट बैठकले दाहाललाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अघि सारेको हो । साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिने सहमति भएको हो ।

गठबन्धनमा कुरा नमिलेपछि प्रचण्ड ओली निवास बालकोट पुगेका थिए । प्रचण्डसहित रास्वपाका अध्यक्ष रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष डा। सिके राउतसहितको बैठक बसिरहेको छ ।

यता राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका वरिष्ठ नेता अशोक राईले ओलीसँग छलफल भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?