काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट जाँदैछिन् । बालकोटबाट फोन पाएपछि श्रेष्ठ पनि सरकारमा सहभागि हुनेगरी बालकोट जाने तयारीमा रहेको स्रोतले जनाएको छ ।
यता बालकोटमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीबीच बैठक चलिरहेको छ । यता राप्रपा र जसपा बालकोटमा पुगेर पार्टीमा छलफल गर्न थालेका छन् । गठबन्धनमा सहमति नभएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया