काठमाडौं । एमालेसहितको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनाउने तयारी भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी एमाले माओवादीसहित दलको बैठकले प्रचण्डलाई नै प्रधानमन्त्री बनाउने गरी निर्णय भएको माओवादीका महासचिव देव गुरुङले लोकपथलाई जानकारी दिए ।
गठबन्धनमा कुरा नमिलेपछि प्रचण्ड ओली निवास बालकोट पुगेका थिए । प्रचण्डसहित रास्वपाका अध्यक्ष रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसहितको बैठक बसिरहेको छ ।
यता राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका वरिष्ठ नेता अशोक राईले ओलीसँग छलफल भएको थियो ।
बैठकले आधा आधा समय सरकार चलाउने सहमति भएको स्रोतको दाबी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया