ओलीलाई भेटेपछि राप्रपा संसदीय दलको बैठक बस्दै

लोकपथ
78
Shares
sf7df8f}F, & k’;M /f;;;Fu s’/f ug'{x’Fb} cWoIf lnªb]g /fli6«o k|hftGq kf6L{sf cWoIf /fh]G›k|;fb lnªb]g /fli6«o ;dfrf/ ;ldlt -/f;;_;Fu ;d;fdlos ljifodf s’/fsfgL ug{‘x’Fb} . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौं । नयाँ सरकार गठनबारे निर्णय लिन राप्रपा आन्तरिक छलफलमा जुटेको छ । सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सिमा घर्किदै गएसँगै नयाँ बन्ने सरकारमा सहभागि हुने, नहुने विषयमा पार्टीको आधिकारिक धारणा बनाउन राप्रपाले आन्तरिक छलफल गर्न लागेको हो ।

आइतबार सत्ता गठबन्धन बैठक निष्कर्षबिहीन भएसँगै कसको नेतृत्वमा सरकार बन्छ भन्नेमा चासोको रुपमा हेरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नयाँ सरकार गठनबारे छलफल भएपछि राप्रपाका नेताहरू आन्तरिक छलफलमा जुटेका हुन् । बालकोटमा अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार दिउँसो छलफल गरेका थिए ।

लगत्तै लिङदेनले बैठकबारे नेताहरूलाई जानकारी गराएका छन् । केही सांसद र पार्टीका शीर्ष नेताहरूलाई बोलाएर लिङ्देनले भेटबारे ब्रिफिङ गरेका हुन् । सो बैठकमा लिङदेनले सरकारमा सहभागिताबारे प्रस्ताव आएको भन्दै नेताहरूको राय मागेको स्रोतको भनाइ छ । आजै राप्रपाको संसदीय दलको बैठक समेत बस्ने तयारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?