काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा पुगेका छन् । एमाले माओवादीसहित ४ दलको बैठक जारी रहँदा राउत पनि बालकोट पुगेका हुन् ।
उनले आफूलाई प्रचण्डले बोलाएको र कुरा बुझ्न आएको प्रतिक्रिया दिएका छन् । ‘कुरा बुझ्न आएको । पहिले कुरा बुझ्न पर्यो नि ।’ उनले भनेका छन्, ‘मलाई प्रचण्डले बोलाएर म आएकाे हुँ ।’
हाल बालकोटमा एमाले माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टीको छलफल जारी रहेको छ । केहीबेरअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका वरिष्ठ नेता अशोक राई पनि सहभागि रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया