सत्ता राजनीतिमा ‘यू टर्न’ : बालकोटमा सहमति जुटे यसरी बन्नेछ सरकार

लोकपथ
735
Shares

काठमाडौं । नेपाली कांग्रेससँग शक्ति बाँडफाँटमा कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक पटक फेरि नेकपा एमालेका अध्यक्ष केपी ओलीको शिविरमा पुगेका छन् ।

अब बन्ने सरकारमा पहिलो प्रधानमन्त्रीका लागि गरिएको दाबी कांग्रेसबाट अस्वीकृत भएपछि प्रचण्ड सिधै ओली निवास बालकोट हान्निएका हुन् । ओली र प्रचण्डलाई मिलाएर कम्युनिष्ट सरकार बनाउन दुबै पार्टीका दोस्रो तहका नेताहरु केही दिनदेखि नै गृहकार्यका थिए ।

बालुवाटारमा बिहान बसेको सत्ता गठबन्धन बैठकमा पनि कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुबै नछाड्ने बताए पछि प्रचण्ड बैठकबाटै बाहिरिएर बालकोट सोझिएका थिए । बैठकबाट निस्किएका उनले आफ्नो निवास खुमलटारमा पार्टीका नेताहरुसँग छलफल गरेपछि ओली निवास बालकोट पुगेका हुन् ।

प्रचण्डका साथै बालकोटमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनता समाजवादी पार्टीका नेता अशोक राई र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि पुगेका थिए ।

बालकोटमा हाल चार दलले छलफल गरेका छन् । एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र जनता समाजवादी पार्टीका नेता राईबीच छलफल भएको हो ।

कसरी बन्ला सरकार ?

सरकार बनाउन प्रतिनिधि सभाको बहुमत अर्थात् १ सय ३८ सांस्दको समर्थन चाहिन्छ । बालकोटमा हाल छलफलरत दलहरुबीच सहमति जुटे सरकार बनाउन अंकगणितले पनि साथ दिन्छ ।

एमालेको ७८, माओवादी केन्द्रको ३२, रास्वपाको २०, राप्रपा १४ र जसपाको १२ सिट जोड्दा १५६ सिट हुन्छ जुन सरकार बनाउन यथेष्ट बहुमत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?