नेताहरुलाई व्यंग्य गर्दै बालेनको प्रश्न : ‘देश को हो, व्यापार हो ? खेल हो ?’

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सरकार गठनमा दलहरुको दौडथुपप्रति कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा नेताहरुको छलफलको फोटो पोस्ट गर्दै व्यंग्य गरेका छन् ।

यसअघि शनिबार मेयर शाहले सामाजिक सञ्जालमा नेताहरुलाई व्यंग्य गर्दै कविता लेखेका थिए ।

उनले नयाँ सांसदहरु, नयाँ गफाडीहरु, उही पुरानो देश, उही पुराना व्यापारीहरु भन्दै कटाक्ष गरेका थिए ।

उनले आइतबार दिउँसो सामाजिक सञ्जालमा लेख्दै ‘देश के हो ? व्यापार हो ? खेल हो ? भन्दै प्रश्न गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?