सरकार गठनको अर्को विकल्प खोज्दै बालकोटमा नेताहरुको लर्को

लोकपथ
21
Shares

काठमाडौं । यतिबेला कसको नेतृत्वमा सरकार बन्छ भन्नेबारे सबैको चासो रहेको छ ।

वर्तमान गठबन्धनबाटै सरकार बन्न सक्ने धेरैको आंकलन रहे पनि गठबन्धन फुटेपछि सरकार गठनको अर्को विकल्प खोज्नमा राजनीतिक दलहरु जुटेका छन् ।

गठबन्धनमा आफूले दाबी गरे अनुसार नभएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष ओली निवास बालकोटमा पुगेका छन् ।

त्यसैगरी यता गठबन्धनमा कुरा नमिलेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि ओलीसँग छलफलका लागि बालकोट पुगेका छन् । यता राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसमेत बालकोट पुगेका थिए । त्यस्तै जसपाका तर्फबाट असोक राइसहित अहिले बालकोटमा ४ दलको बैठक बसिरहेको छ ।

यसअघि गठबन्धनको निर्णय कुरिरहेको एमालेले गठबन्धनमा सहमति नभएपछि सक्रियता बढाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?