हठ, हतारो र आवेगमा निर्णय नगरौँ : विश्वप्रकाश शर्मा

लोकपथ
208
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हठ, हतारो र आवेगमा निर्णय गर्न नहुने बताएका छन् । सत्तारुढ दलमा नयाँ सरकार गठनबारे सहमति हुन नसकेपछि महामन्त्री शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिदै महामन्त्री शर्माले भनेका छन् ‘आलोचनाबीच गठबन्धन गर्ने तर, अपेक्षाकोबीच जोगाउन नसक्ने अवस्था आउन दिनुहुन्न । समयले अभिभावकत्व खोजेको छ । यो पनि र त्यो पनि भनिरहँदा, न यो न त्यो हुने अवस्थामा पुग्नुहुन्न । विकल्पहरुको विकल्पमा जुट्नुको विकल्प छैन ।’

आइतबार बिहानको छलफलमा सत्तारुढ दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नमिलेपछि माओवादी र समाजवादीका नेताहरु बालुवाटारबाट बाहिरिएका थिए ।

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सिमाभित्र सरकार बनाउने गरी देउवा, प्रचण्ड र माधव नेपालले छुट्टाछुट्टै छलफलसमेत गरेका थिए । तर पहिलो कार्यकालमा को प्रधानमन्त्री हुने भन्ने विषयमा सहमति हुन नसकेपछि गठबन्धन टुटेको निष्कर्षमासमेत दलका नेताहरु पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?