लुम्बिनी अल स्टारसँग विराटनगर दुई रनले पराजित

लोकपथ
26
Shares

काठमाडौं । पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेटअन्तर्गत आइतवार भएको पहिलो खेलमा लुम्बिनी अल स्टार विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले विराटनगरलाई दुई रनले पराजित गदै विजयी भएको हो ।

लुम्बिनीले दिएको एक सय ५८ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५५ रनमा समेटियो । विराटनगरका लागि हुसेन तलातले सर्वाधिक २९ रन बनाए भने रोहितकुमार पौडेलले २५ रन बनाए । त्यस्तै सिकन्दर राजाले १७, अर्जुन साउदले १० तथा पृथु बाँस्कोटाले १८ रन बनाए ।

यता, लुम्बिनीका लागि किशोर महतोले दुई विकेट लिए भने सागर ढकाल, गुलसन झा, दीपेन्द्रसिहं ऐरी र प्याट ब्रोनले समान एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५७ रन बनाएको थियो ।

लुम्बिनीका लागि लाहिरु मिलन्थाले सर्वाधिक ८० रनको योगदन दिए । उनले ६३ बलमा पाँच चौका र चार छक्काको सहयोगमा अविजित ८० रन बनाएका हुन् । यस्तै, कुशल भुर्तेलले २६ रन बनाए भने कप्तान दीपेन्द्रसिहं ऐरीले १६ रन बनाए । विपुल शर्मा ११ र अनिल शाह ६ रनमा आउट भए ।

यता, विराटनगरका लागि नन्दन यादव, हुसेन तलात, शाहब आलम, आन्द्रे म्याकार्थी र सिकन्दर राजाले समान एक विकेट लिए । यस जितसँगै लुम्बिनीको चार अङ्क जोडिएको छ । प्रतियोगिताको विजेताले ५५ लाख रुपैयाँ तथा उपविजेताले ३० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

तेस्रो हुनले १० लाख तथा चौँथोले पाँच लाख रुपैयाँ पाउने छन् । प्रतियोगितामा विभिन्न छ टोलीको सहभागिता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?