सत्ताको रापताप : बालकोटमा चार दलबीच छलफल शुरु

लोकपथ
154
Shares

काठमाडौं । बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिदैँ छ । यतीबेला राजनितीक रापताप निकै बढेको छ ।

यसैबीच, बालकोटमा हाल चार दलबीच छलफल शुरु भएको छ । एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राई हाल छलफलमा छन् ।

शक्ति बाँडफाँटमा सहमति खोज्न नेताहरु बैठकमा बसेका छन् ।

नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुबै पदमा दाबी गरेपछि माओवादी सत्ता गठबन्धनको वार्ता छाडेर एमालेसँग छलफलमा बसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?