काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न ओली निवास बालकोट पुगेका छन् ।
भर्खर प्रचण्ड ओली निवास बालकोट पुगेको प्रचण्डको निजी सचिवालयले लोकपथलाई जानकारी दिए ।
‘भर्खरै अध्यक्ष बालकोट आइपुग्नुभएको छ ।’ सचिवालयले भन्यो ।
सरकार गठनका लागि सत्ता गठबन्धनमा सहमति हुन नसक्दा बिचमै बैठक छाडेर हिँडेका प्रचण्ड छलफलका लागि बालकोट पुगेका हुन् ।
गठबन्धनमा सहमति हुन नसक्दा एमालेसँग मिलेर सरकार बनाउने विकल्पबारे छलफलका लागि अन्य राजनीतिक दलका नेताहरु समेत बालकोट पुगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया