काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं सांसद रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न ओली निवास बालकोट पुगेका छन् ।
आइतबार दिउँसो लामिछाने ओली निवास बालकोट पुगेका हुन् ।
यता गठबन्धनमा सहमति नभएपछि माओावादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत छलफलका लागि बालकोट हिँडेका छन् ।
त्यस्तै यता राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन समेत बालकोटमा पुगेका छन् ।
सत्ता गठबन्धनमा सरकार गठनको सहमति नजुट्दा गठबन्धनमा थप संकट पैदा भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया