राप्रपाका अध्यक्ष लिङ्देन बालकोटमा

लोकपथ
182
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन बालकोट पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग राजनीतिक छलफलका लागि अध्यक्ष लिङ्देन बालकोट पुगेका राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले लोकपथलाई जानकारी दिए ।

प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद छन्। बालुवाटारमा आज भएको सत्ता गठबन्धनको बैठक बिनानिश्कर्ष सकिएको थियो।

बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिने भएकाले त्यसअघि नै शक्ति बाँडफाँटमा सहमति खोज्न नेताहरु प्रयासरत छन् । सहमति खोज्ने प्रयासमा शीर्ष नेताहरुबीच अलग–अलग र संयुक्त बैठक हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?