निष्कर्षबिहीन टुंगियो गठबन्धन बैठक

लोकपथ
35
Shares
sf7df8f}F, !^ h]7M ;Qf u7aGwg bnsf] a}7s afn’jf6f/df ;f]daf/ a;]sf] ;Qf u7aGwg bnsf] a}7s . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । सत्तारुढ दलमा नयाँ सरकार गठनबारे सहमति हुन नसकेपछि गठबन्धन बैठक निष्कर्षबिहीन भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष टुंगिए लगत्तै बैठकबाट नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजादी) का शीर्ष नेताहरु बाहिरिएका थिए ।

गठबन्धन दलहरूले आफ्नै नेतृत्वमा आगामी नयाँ सरकार गठन हुनुपर्ने अडान लिएपछि गठबन्धनमा सहमति जुट्न सकेन । यसअघि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चालगायत दलका शीर्ष नेताहरूले द्विपक्षीय, बहुपक्षीयरूपमा छलफल गरेका थिए ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नमिलेपछि माओवादी र समाजवादीका नेताहरु उनी बालुवाटारबाट बाहिरिएका हुन् । सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सिमाभित्र सरकार बनाउने गरी देउवा, प्रचण्ड र माधव नेपालले छुट्टाछुट्टै छलफलसमेत गरेका थिए ।

तर पहिलो कार्यकालमा को प्रधानमन्त्री हुने भन्ने विषयमा सहमति हुन नसकेपछि गठबन्धन टुटेको निष्कर्षमासमेत दलका नेताहरु पुगेका छन् । नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद छाड्न नसकिने अडान लिएपछि नेकपा (माओवादी केन्द्र) ले नेकपा एमालेसँग संवाद अघि बढाएको छ । यसअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरूङलगायतका नेताले एमाले नेतासँग संवाद सुरू गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?