काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन टुटेको बताएका छन् ।
आइतबार बसेको बैठकमा कुनै पनि सहमति हुन नसकेको र गठबन्धनको भविष्य थप संकटमा परेको बताए ।
उनका अनुसार गठबन्धनभित्र राष्ट्रपति, प्रधानमन्त्री लगायतका पदमा भागबण्डा नमिल्दा गठबन्धन संकटमा परेको हो ।
गठबन्धनमा पहिलो कार्यकाल कसले सरकारको नेतृत्व गर्ने विषयमा विवाद रहेको थियो । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुवैले आफूले पहिले सरकारको नेतृत्व गर्न पाउनुपर्छ भन्दै आइरहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया