बालुवाटार बैठक छोडेर बालकोट हानिए प्रचण्ड

लोकपथ
217
Shares
picture : Google

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालकोट हानिएका छन् । सत्ता गठबन्धनको बैठक छाडेर बालुवाटारबाट बाहिरिएका प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट हानिएका हुन् ।

सरकारको नेतृत्वको आफ्नो दाबी प्रस्तुत गर्न सहभागि भएका प्रचण्ड कुनै पनि सहमति नगरी बैठक छोडेर हिँडेका हुन् । त्यससँगै गठबन्धनमा थप संकट पैदा भएको छ ।

प्रचण्ड बैठकबाट बाहिरिए पनि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल पनि बैठकबाट बाहिरिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि बैठक निश्कर्षबिहिन भएकाे छ ।

बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिने भएकाले त्यसअघि नै शक्ति बाँडफाँटमा सहमति खोज्न नेताहरु प्रयासरत छन् । सहमति खोज्ने प्रयासमा शीर्ष नेताहरुबीच अलग–अलग र संयुक्त बैठक हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?