संसद सचिवालयलाई अख्तियार र प्रहरीको पत्र : दुई सांसदलाई रोक लगाउन आग्रह

लोकपथ
126
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीले मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित भएका दुई सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन आग्रह गर्दै पत्र लेखेका छन् ।

अख्तियार र प्रहरीले महोत्तरी-१ वाट निर्वाचित एमाले सांसद लक्ष्मी महत्तो कोइरी र मनाङ्गबाट निर्वाचित नेपाली कांग्रेसका टेकबहादुर गुरुङलाई निलम्बित सांसदको रुपमा राख्न संसद सचिवालयले आग्रह गरेका हुन्।

कांग्रेस सांसद टेकबहादुर गुरुङमाथि भ्रष्टाचार मुद्दा विचाराधीन रहेको छ । भृकुटीमण्डपको जग्गा भाडामा दिँदा भ्रष्टाचार भएको भन्दै गुरुङविरुद्ध मुद्दा अख्तियारले दायर गरिएको थियो।

यस्तै एमाले सांसद कोइरीलाई मधेश आन्दोलनका क्रममा हत्यामा संलग्न रहेको आरोप छ। महतो ०७२ भदौ २५ मा मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहाय निरीक्षक (असई) थमन विकको हत्यामा संलग्न भएको अभियोग छ।

संसद सचिवालयले बिहीबार उनीहरु दुवैलाई शपथ गराएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?