‘सहमति तोड्ने प्रवृत्ति खतरनाक, इतिहासमा फेरि दुखान्त पुनरावृत्ति’

लोकपथ
28
Shares

काठमाडौं । नयाँ सरकार गठनबारे सत्तारुढ गठबन्धन दलमा निर्णायक छलफल चलिहँदा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले पछिल्लो घटनाक्रम दुखान्त भएको बताएको छ ।

अध्यक्ष प्रचण्डको सचिवालयले पछिल्लो घटनाक्रमले फेरि इतिहासको दुखान्त पुनरावृत्ति अगाडि आएको जनाएको हो । अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जाल मार्फत् प्रतिक्रिया व्यक्त गर्दै आफू तल पर्दा सहमति गर्ने तर आफू माथि पुगेँ भन्ने भान पर्न थाल्दा सहमति तोडिहाल्ने प्रवृत्ति खतरनाक रहेको बताएका छन् ।

उनले लेखेका छन् ‘नेपाली राजनीतिको एउटा खराब चित्र र चरित्र यस्तो हुँदै आयो, आफू तल पर्दा एउटा सहमति गर्ने तर आफू माथि पुगेँ भन्ने भान पर्न थाल्दा सहमति तोडिहाल्ने । पछिल्लो घटनाक्रमले के देखाउछ कि इतिहासको फेरि दुखान्त पुनरावृत्ति हाम्रा सामु छ ।’

सत्ता गठबन्धनमा भागबण्डाको विषयमा पूर्वसहमति पालनामा कांग्रेस इमानदार नभएको उनको संकेत छ । कांग्रेसले माओवादी केन्द्रलाई प्रधानमन्त्री र राष्ट्रपति दुबै दिन नसक्ने अडान लिएपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?