सरकार गठनको वारपार गर्न गठबन्धनको बैठक जारी

लोकपथ
84
Shares

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक जारी छ ।

सरकार गठनको सहमति जुटाउनका लागि केही बेरअघिबाट गठबन्धनको बैठक जारी रहेको हो ।

बैठकमा सहमति जुटाउने प्रयास भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परिवारले लोकपथलाई जानकारी दिए ।
‘बैठक जारी छ । सहमतिको प्रयास भइरहेको छ ।’ उनले संक्षिप्त प्रतिक्रिया दिए ।

बैठकअघि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आ–आफ्नै दलका शीर्ष नेताहरुसँग छलफल गरेका थिए ।

सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा घर्किँदै जाँदा बसेको आजको गठबन्धनको बैठकलाई निर्णायक मानिएको छ ।

संविधानको धारा ७६(२) बमोजिम सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको ७ दिनको समयसीमा आज सकिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?