रास्वपालाई समेटेर गठबन्धन जोगाऔँ : विश्वप्रकाश शर्मा

लोकपथ
77
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता गठबन्धनलाई निर्न्तर्ता दिनुपर्ने बताएका छन् ।महामन्त्री शर्माले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै सत्तामा नयाँ र अनुभवीको संयोजन हुनुपर्ने बताएका छन् ।

उनले यही गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि समेट्नुपर्ने धारणा राखेका छन् । उनले एक्लो बहुमत कुनै पनि दलसँग नभएको र गठबन्धन गरेर पनि सामान्य बहुमत नपाएको स्थितिमा लचकता, सहकार्य र विश्वासका आधारमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

उनले ट्वीटरमा भनेका छन् : 

‘एक्लो बहुमतझ हामी कसैसँग छैन। गठबन्धन गरेर पनि सामान्य बहुमत नपाएको स्थिति छ। त्यसैले लचकता, सहकार्य र विश्वासको त्रीवेणी मन्त्र आत्मसात गरौं ! २-२-१ मा परिपक्वता छ । तर इमानदार कार्यान्वयनका लागि पारदर्शी एकता उत्तिकै जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?