काठमाडौं । यतिबेला सरकार गठनका विभिन्न विकल्पमा राजनीतिक दलहरुले छलफललाई तीव्रता दिएका छन् ।
सरकार गठनका लागि वर्तमान गठबन्धनभित्र छलफल भइरहेको छ । राष्ट्रपतिले दिएको समयसीमा सकिँनै लाग्दा गठबन्धनमा सहमति हुन नसक्दा अन्य विकल्पहरुमा समेत छलफल हुन थालेको छ ।
शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बसे पनि सहमति हुन सकेको थिएन् ।
गठबन्धनमा सहमति हुन नसकिरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाको दूतको रुपमा कांग्रेस नेता विमलेन्द्र निधिले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए । शनिवार बेलुका ओली निवास बालकोटमा निधिले ओलीलाई भेट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको थियो ।
गठबन्धनकै नेतृत्वमा सरकार बनाउने र पहिलो कार्यकाल आफूले नेतृत्व गर्नुपर्ने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अडान लिएका छन् । नेताहरुले अडान नछाड्दा गठबन्धन नै टुट्ने होकी भन्ने संशय पैदा भइरहेका बेला निधिले प्रचण्डसँग समेत भेटघाट गरेका छन् ।
शनिवार ओलीसँग भेटघाट गरेका निधिले आइतवार बिहान प्रचण्डसँग समेत भेटघाट गरेका छन् । भेटघाटका क्रममा वर्तमान गठबन्धनलाई नै टिकाएर लैजानुपर्नेमा जोड दिएका थिए ।
आज साँझ ५ बजेसम्मका लागि सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा नजिकिँदै गर्दा गठबन्धन आवद्ध दलहरु छलफलमा जुटेका छन् ।
केहीबेर अघि बालुवाटारमा गठबन्धनको बैठक बसेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया