काठमाडौं । सरकार गठनका लागि गठबन्धनमा आवद्ध दलहरुले छलफललाई तीव्रता दिएका छन् ।
केहीबेरअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक शुरु भएको छ ।
त्यसअघि प्रधानमन्त्री एंव कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको थियो ।
आलोपालो प्रधानमन्त्रीको विकल्पसहित सरकार गठनमा जुटेको गठबन्धनले पहिले कसले सरकारको नेतृत्व गर्ने टुंगा लाग्न सकेको छैन । प्रचण्डले पहिलोे कार्यकाल आफूले सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । गठबन्धन बैठकअघि त्यससँगै देउवा र प्रचण्डबीच थप छलफल भएको हो ।
गठबन्धनको बैठकअघि देउवा र प्रचण्डले आ–आफ्ना दलका शीर्ष नेताहरुसँग छलफल गरेका थिए ।
सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय घर्किँदै जाँदा दलहरु थप संकटमा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया