प्रधानमन्त्रीको पहिलो कार्यकाल टुंगो लगाउन बालुवाटारमा बैठक शुरु

लोकपथ
126
Shares

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरु भएको छ । प्रधानमन्त्रीको पहिलो कार्यकाल टुंगो लगाउने बैठक केहीबेर अघि शुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

सत्ता गठबन्धनको बैठक बस्नु अघि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टै छलफल गरेका थिए । दुई शीर्ष नेताहरुको छलफललगत्तै सत्ता गठबन्धनको बैठक बसेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ५ बजेभित्र बहुमतसहित सरकारका नेतृत्वमा दाबी प्रस्तुत गर्न दलहरुलाई समयसीमा दिएकी छन् । सोही समयभित्रै सहमति जुटाउन नेताहरु प्रयासरत छन् ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?