सहमति जुटाउन बालुवाटार र खुमलटारमा छुट्टाछुट्टै बैठक

लोकपथ
91
Shares

काठमाडौं । सरकारको नेतृत्वको लागि सहमति नजुटेपछि गठबन्धनमा आबद्ध दलहरु छुट्टाछुट्टै बैठक बसेको छ ।

आज बिहान ९ बजेका लागि गठबन्धनको बैठक बोलाइए पनि प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसका शीर्ष नेताहरुसँगको छलफलमा गरेका छन् । त्यसैगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि आफ्नो निवास खुमालटारमा छलफलमा जुटेका छन् ।

यसअघि शनिवार गठबन्धनको बैठक बसेर पनि सरकारको नेतृत्वका लागि सहमति हुन सकेको थिएन ।

संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय घर्किँदै जानु र गठबन्धनमा सहमति नहुँदा थप संकट पैदा भएको छ ।

यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वमा सरकार गठन हुन नसक्ने अवस्थामा गठबन्धन नै तोड्ने चेतावनी दिइरहेका छन् ।

राष्ट्रपतिले सरकार गठनका लागि दलहरुलाई साँझ ५ बजेसम्मको समय दिएकी छिन् । यदी दलहरुले सो समयमा सरकार गठन गर्न नसकेमा पुनः संविधानको धारा ७६ (३) बमोजिम राष्ट्रपतिले ठुलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?