मकवानपुर । बागमती प्रदेशसभा सदस्यको शपथग्रहण बिहीबार हुने भएको छ । प्रदेशसभा सचिवालय हेटौंडामा बिहीबार दिउँसो २ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । त्यसअघि बुधबार ज्येष्ठ सदस्यको शपथ ग्रहणको कार्यक्रम छ । जेष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउनेछन् ।
प्रदेशसभा सचिवालयले शपथका लागि निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र लिएर आउन भनेको छ । सचिवालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय पोसाक वा आ-आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा निर्वाचन आयोगबाट प्राप्त प्रदेश सभा सदस्य पदको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि), हालसालै खिचेको पासपोर्ट साइजको ६ वटा फोटो ल्याउन भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया